काठमाण्डु – बिहार विधानसभाको निर्वाचनको दोस्रो चरणको मतदान मंगलबार सम्पन्न भएको छ ।
यसअघि पहिलो चरणको मतदान नोभेम्बर ६ मा भएको थियो । दुई चरणमा निर्वाचन सम्पन्न भएपछि नोभेम्बर १४ मा नतिजा सार्वजनिक हुनेछ ।
यस निर्वाचनमा दुई गठबन्धन-सत्तारूढ एनडीए (राष्ट्रिय जनतान्त्रिक गठबन्धन) र महागठबन्धन बीच मुख्य प्रतिस्पर्धा छ । त्यहीँ, तेस्रो शक्ति जनसुराज पनि पहिलोपटक चुनावी मैदानमा उत्रिएको छ ।
बिहार विधानसभामा कुल २४३ सिटहरू छन् । सरकार गठन गर्नका लागि कुनै दल वा गठबन्धनले कम्तीमा १२२ सिट जित्नुपर्छ ।
दुई चरणको मतदानपछि विभिन्न संस्थाहरूले एक्जिट पोल सार्वजनिक गर्न थालेका छन् र अधिकांश एक्जिट पोलहरूले एनडीए गठबन्धनलाई स्पष्ट बहुमत दिएको देखाउँछन् ।
यद्यपि, अघिल्ला निर्वाचनहरूमा धेरैपटक एक्जिट पोल र वास्तविक परिणाममा फरक देखिएको छ । त्यसैले यो स्पष्ट गर्न आवश्यक छ कि यी केवल अनुमान हुन्, अन्तिम परिणाम होइनन् ।
एक्जिट पोलका अनुमान
मैटराइज–आईएएनएसको पोलमा एनडीएलाई १४७–१६७ सिट, महागठबन्धनलाई ७०–९० सिट र अन्यलाई २–६ सिट आउने जनाइएको छ ।
त्यसैगरी, महागठबन्धनअन्तर्गत आरजेडी (राजद) लाई ५३–५८ सिट, कांग्रेसलाई १०–१२ सिट, बीआईपीलाई १–४ सिट र वामपन्थी दलहरूलाई ९–१४ सिट आउने अनुमान गरिएको छ ।
यस ‘एक्जिट पोल’ अनुसार, एनडीएलाई करिब ४८ प्रतिशत र महागठबन्धनलाई ३७ प्रतिशत मत प्राप्त हुने सम्भावना देखाइएको छ ।
यस पोल अनुसार, एनडीएलाई ४८ र महागठबन्धनलाई ३७ प्रतिशत मत मिल्ने अनुमान गरिएको छ । चाणक्य स्ट्राटेजीजको पोलमा एनडीए १३०–१३८, महागठबन्धन १००–१०८ र अन्य ३–५लाई सीट आउने अनुमान छ ।
दैनिक भास्करको पोलमा एनडीए १४५–१६०, महागठबन्धन ७३–९१, जन सुराज ०–३ र अन्य ५–७ आउने अनुमान छ । यस्तै पिपल्स पल्सको पोलमा एनडीए १३३–१५९, महागठबन्धन ७५–१०१, जन सुराज ०–५ र अन्य २–८ आउने अनुमान गरिएको छ ।
पिपल्स इनसाइटको पोलमा एनडीए १३३–१४८, महागठबन्धन ८७–१०२ सिट जित्ने सम्भावना रहको जनाइएको छ । पोल डायरीको पोलमा एनडीए १८४–२०९, महागठबन्धन ३२–४९ र अन्य १–५ सिट पाउने जनाइएको छ ।
पोलस्ट्राट र पी–मार्कका पोलमा पनि एनडीएलाई स्पष्ट बहुमतको अनुमान गरिएको छ । डीभी रिसर्चको पोलमा एनडीए १३७–१५२, महागठबन्धन ८३–९८ र जन सुराज २–४ सिछ आउने अनुमान छ ।
यस्तै जेभीसी पोलमा एनडीए १३५–१५०। महागठबन्धन ८८–१०३ र अन्य ३–७ले सिट पाउने सम्भवना रहेको जनाइएको छ ।
दलगत स्थिति र सिट बाँडफाँड
एनडीए गठबन्धनमा पाँच दल छन् । २४३ सिटका लागि बीजेपी र जेडीयू १०१–१०१ सिटमा प्रतिस्पर्धा गरेका छन् ।
लोक जनशक्ति पार्टी (रामविलास) २९ सिटमा, राष्ट्रिय लोक मोर्चा (आरएलएम) र हिन्दुस्तानी आवाम मोर्चा (एचएएम) ६–६ सिटमा चुनाव निर्वाचन लडेका छन् ।
उता महागठबन्धनमा राष्ट्रिय जनता दल (आरजेडी), कांग्रेस, सीपीआई (एम–एल), सीपीआई, र विकासशील इंसान पार्टी (वीआईपी) समावेश छन् ।
महागठबन्धनमा आरजेडी १४३, कांग्रेस ६१, सीपीआई (एमएल) २०, वीआईपी १३, सीपीआई (एम) ४ र सीपीआई ९ छन् ।
वर्तमान विधानसभाको स्थिति
बिहारमा अहिले जेडीयू र बीजेपीको एनडीए सरकार छ । आरजेडीका तेजस्वी यादव विधानसभामा नेता प्रतिपक्ष हुन् ।
बिहारमा पहिलोपटक विधानसभा चुनाव सन् १९५२ मा भएको थियो । त्यसपछि २०२० सम्म १७ पटक विधानसभा चुनाव भइसकेका छन् ।
सन् २००५ को फेब्रुअरीमा भएको चुनावपछि सरकार बन्न नसकेका कारण त्यही वर्ष अक्टोबरमा पुनः निर्वाचन गर्नु परेको थियो ।




प्रतिक्रिया