काठमाण्डु – भारतको बिहार विधानसभा चुनावको शुक्रबा। मतगणना हुँदैछ । मतगणना बिहान ८ बजेदेखि सुरु हुनेछ ।
मतगणना भन्दा पहिले सत्तापक्ष एनडीए र विपक्षी गठबन्धनबीच आरोप–प्रत्यारोप तीव्र बनेको छ ।
यस पटक जेडीयू र भाजपा दुवैलाई बराबर एक सय एक सिट भागबण्डा गरिएको छ । विपक्षी नेता तेजस्वी यादवले मतगणनामा अनियमितता हुनसक्ने चिन्ता व्यक्त गर्दै चुनाव आयोगलाई पूर्ण निष्पक्षता सुनिश्चित गर्न आग्रह गर्नुभएको छ ।
बिहारका ३८ जिल्लाका ४६ केन्द्रमा कडा सुरक्षाकाबीच मतगणना गर्न तयारी भइरहेको छ ।
बिहारमा गएको कात्तिक २० गते पहिलो र कात्तिक २५ गते दोस्रो चरणको विधानसभा चुनाव भएको थियो । कुल सात करोड ४५ लाख मतदाता रहेको बिहारमा दुई सय ४३ सिटका लागि दुई हजार १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।




प्रतिक्रिया