एजेन्सी – भारतको बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु भएको छ ।
बिहीबार बिहारका बिभिन्न जिल्लामा चट्याङबाट ८३ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।
भारतको आपत्कालीन प्रबन्धन विभागको अनुसार बिहीबार साँझ साढे ६ बजेको समयमा परेको चट्याङ लागेर ८३ जनाको ज्यान गएको हो । चट्याङ लागेर कैयौँ घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सबैभन्दा धेरै गोपालगञ्जमा १३ जनाको ज्यान गएको छ भन् मधुबनी र नबादामा आठ–आठ जनाको ज्यान गएको छ ।





प्रतिक्रिया