काठमाण्डु – बिहार विधानसभा चुनावको मतगणना जारी छ। प्रारम्भिक परिणामले एनडीएले उल्लेखनीय अग्रता हासिल गरिरहेको देखाएको छ।
एनडीएले १९० सिटमा अग्रता लिएको छ, जसमा जेडीयु ७६, भाजपा ८५, लोजपा २२, एनडिएका अन्य दल ७ सिटमा अगाडि छन्।
विपक्षी महागठबन्धन भने ४९ सिटमा सीमित छ, जसअनुसार राजद ३४, कांग्रेस ५, सीपीआई (एमएल) १, महागठबन्धनका अन्य दल ९ सिटमा अगाडि देखिन्छन्।
यसले २०२० को तुलनामा जेडीयुले ३३ सिटको अग्रताले ‘२५ से ३० फिर से नीतिश’ भन्ने नारा प्रचारमै सीमित नभएको पुष्टि गरेको छ।
पहिलो पटक चुनाव लडेको जनसुरज पार्टी केवल एक सिटमा अगाडि छ।
जनसुरज पार्टीले राज्यका सबै २४३ विधानसभा सिटमा आफ्ना उम्मेदवारहरू खडा गरेको थियो। बिहारमा सरकार बनाउन कम्तिमा १२२ सिट आवश्यक पर्दछ।
यसपटक ६७।१३ प्रतिशत ऐतिहासिक मतदान भएको छ। यसलाई विश्लेषकहरूले सत्ता विरोधी भावनाभन्दा प्रतिस्पर्धात्मक उत्साहको परिणाम ठानेका छन्। मुस्लिमसहित परम्परागत रूपमा एनडिएप्रति अरुचि देखाउने समुदायहरूले समेत विकासमुखी योजनाका कारण नीतिश कुमारमाथि विश्वास कायम राखेको देखिन्छ।




प्रतिक्रिया