विजय गच्छदार सांसदबाट निलम्बित, संसदकाे ढोका बन्द !

विजय गच्छदार सांसदबाट निलम्बित, संसदकाे ढोका बन्द !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संघीय संसद सचिवालयले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद विजयकुमार गच्छदार निलम्बनमा परेको जानकारी दिएको छ ।

संसद सचिवालयले शुक्रबार दिउँसो उनको सांसद पद स्वतः निलम्बनमा परेको सूचना जारी गरेको हो ।

भ्रष्टाचारको मुद्दा दर्ता भएर निलम्बनमा परेका गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाइएको भन्दै कांग्रेसले बिहीबारदेखि संसद अवरुद्ध गरिरहेको छ ।

कुनै पनि सांसद निलम्बनमा परेको सूचना सभामुखले बैठकमार्फत पढेर सुनाउने गर्छन् । बिहीबार र शुक्रबार बैठक अवरुद्ध भएपछि सचिवालयले उनको स्वतः निलम्बनको सूचना टाँस गरी जानकारी गराएको हो ।

बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो । अब उनको मुद्दाको अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा संसदमा जान पाउँदैनन् ।