अर्थमन्त्री शर्मा र भाजपा नेता चौथाईवालेबीच भेटवार्ता

अर्थमन्त्री शर्मा र भाजपा नेता चौथाईवालेबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख डा. विजय मुरलीधर चौथाईवाले र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ ।

बुधबार सिंहदरबारमा मन्त्री शर्मा र डा.चौथाईवालेबीच भेटवार्ता भएको हो । आइतबार नेपाल आएका चौथाईवालेले सबैजसो राजनीतिक दलहरुसँग भेटवार्ता गरिसकेका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता वर्षमान पुनसँग भेटवार्ता गरिसकेका छन् ।