विजय गच्छादार संसद बैठकमा सहभागी हुन नपाउने

विजय गच्छादार संसद बैठकमा सहभागी हुन नपाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति विजय गच्छादार संसद बैठक सहभागी हुन नपाउने भएका छन् । अदालतमा मुद्धा विचाराधिन रहेको अवस्थामा गच्छादार प्रतिनिधिसभा बैठकमा सहभागी हुन नपाउने भएका हुन् ।

प्रतिनिधि सभा नियमावली २०७५ को दफा २४४ मा कुनैपनि फौजदारी अभियोग लागेका सदस्यले प्रतिनिधि सभामा कुनै काम कारवाही गर्न नसक्ने व्यवस्था छ । नेपाली कांग्रेसका नेता समेत रहेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले गच्छदारबिरुद्ध अदालतमा मुद्धा विचाराधीन रहेको अवस्थामा रहेकाले संसद बैठकमा सहभागी हुन नमिल्ने बताए ।

गच्छदार विरुद्ध २०७६ माघ २२ गते विशेष अदालतमा भष्ट्राचार सम्बन्धी मुद्धा दर्ता भएको थियो । गत असार ३० गते विषेश अदालतमा उपस्थित भएका उनलाई १० लाख धरौटीमा छाडिएको थियो ।