काठमाण्डु – नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्बर ३ बाट विजय गच्छदारलाई उम्मेदवारमा सिफारिस गरेको छ ।
सुनसरी क्षेत्र नम्बर ३ को शनिबार बसेको बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गच्छदारलाई उम्देवारका रुपमा सर्वसम्मत सिफारिस गरेको हो ।
गच्छादार बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा किनबेच प्रकरणमा मुछिएपछि सांसद पदबाट निलम्बित भएका थिए । सो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ ।
यस्तो अवस्थामा कांग्रेस सुनसरीले अन्य आकांक्षी नेताको नाम काटेर भ्रष्टाचारमा मुछिएका गच्छादारको एकल नाम सिफारिस गरिएको हो ।
सुनसरी क्षेत्र नम्बर ३ बाट गच्छदार यसअघि ६ पटक सांसद निर्वाचित भइसकेका छन् भने यो अवधिमा उनी १८ पटक मन्त्री भएका छन्। सत्ता र शक्तिमा रहेका गच्छदारले शक्तिको दुरुपयोग गरेर निर्वाचन जितेको आरोप लाग्दै आएको छ ।




प्रतिक्रिया