गच्छदारलाई नियोजित रुपमा फसाइयो, प्रतिवाद गर्छौं : कांग्रेस

गच्छदारलाई नियोजित रुपमा फसाइयो, प्रतिवाद गर्छौं : कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई ललिता निवास जग्गा प्रकरणमा नियोजित रूपमा फसाइएको बताएको छ ।

बिहीबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा कानुन व्यवसायीसँग छलफल गर्दे कांग्रेसले गच्छेदारलाई नियोजित रुपमा फसाइएको जनाएका हो ।

सहमहामन्त्री प्रकाशशरण महतले गच्छदारलाई नियोजित रुपमा फसाउन खोजिएको भन्दै कांग्रेसले प्रतिवाद गर्ने च्तावनी दिएका छन् । उनभने, ‘उपसभापति जीको बारेमा नियोजित रुपमा पूर्वाग्राही तरिकाबाट आएको छ, त्यसको पार्टीले प्रतिवाद गर्छ । यो बेठीक हो । गलत हो । यो नियोजित हो । पार्टीको यो नै ठहर छ ।’