कोरोना जितेपछि क्याप्टेन लामाले भनेः नयाँ जीवन पाएँ

कोरोना जितेपछि क्याप्टेन लामाले भनेः नयाँ जीवन पाएँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वरिष्ठ पाइलट विजय लामा कोरोना संक्रमणमुक्त भएका छन् । १७ दिन आइसोलेसनमा बसेका लामा बिहीबार साँझ डिस्चार्ज भएका हुन् ।

उनले कोरोना संक्रमण मुक्त भएपछि नयाँ जीवन पाएको बताएका छन् । ‘नयाँ जीवनको सुरुवाती जस्तो लाग्यो त्यो कोरोना युद्ध पछि’, उनले भनेका छन्, ‘कोभिडसँगको लडाइमा बिजय प्राप्ती पछिको जीवन हो मेरो भन्ने लाग्यो । त्यसैले अब त झन देश र मेरा नेपाली दाजु भाइ दिदी बहिनीहरुको लागि समर्पित भएर जिवनमा अघि बड्नेछु ।’

उनले आफ्ना सुभचिन्तकहरुको माया, साथ र प्रार्थनाका कारण नयाँ जीवन मिलेको बताएका छन् ।