थलापति बने तमिलनाडुको मुख्यमन्त्री

थलापति बने तमिलनाडुको मुख्यमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको तमिलनाडुमा सरकार गठनको बाटो खुलेको छ ।

विधान सभामा विदुथलाई चिरूथाइगल (भिसिके)ले तामिलगा भेट्री कझागम (टिभिके) प्रमुख जोसेफ विजय थलापतिलाई समर्थन प्रदान गर्ने आफ्नो आधिकारिक घोषणासँगै राज्य सरकार गठनको अनिश्चितता टुङ्गिएको छ।

टिभिके प्रमुख विजयले ११६ विधायकका साथ विगत तीन दिनदेखि सत्ता समीकरणका लागि राजभवनको यात्रालाई निरन्तरता दिएका थिए।

उनले बहुमतका लागि थप दुई विधायकको जोहो गर्न नसक्दा तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले राज्य सरकार गठनका लागि उनलाई औपचारिक आह्वान गरेका थिएनन्।

शनिबार विसिकेले आधिकारिक रूपमा टिभिके प्रमुख विजयलाई समर्थन गर्ने घोषणा गरेको छ।

कलाकारबाट राजनीतिमा आएका विजयलाई आइयुएमएलका दुई विधायकले पनि समर्थन गरेका छन्। यससँगै टिभिकेले राज्य विधानसभामा बहुमतको ११८ सदस्यको जादुई आँकडा पार गरेको छ।

यसबीच गभर्नर राजेन्द्र आर्लेकरले थालापतिलाई मुख्यमन्त्रीको रूपमा मनोनीत गरेका छन्। उनको शपथ ग्रहण समारोह आइतबार हुँदैछ । साथै उनले मे १३ सम्ममा विधानसभामा विश्वासको प्रस्ताव पेस गर्नुपर्ने छ ।