काठमाण्डु – नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् । बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए ।
गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए । गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन् । महामन्त्रीकाे दुई सिट छ । पूर्णबहादुर खड्का पनि विजयी भएका छन् ।




प्रतिक्रिया