विजयपुर खोलाको डाइभर्सन बाढीले बगायो, पृथ्वीराजमार्ग अवरुद्ध

विजयपुर खोलाको डाइभर्सन बाढीले बगायो, पृथ्वीराजमार्ग अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – पृथ्वीराजमार्ग हुँदै मुख्य पोखरा बजार भित्रिने एकमात्र प्रवेशद्वार विजयपुरमा स्टिलब्रिज (पुल) जीर्ण बनेपछि अस्थायी रुपमा सवारी आउजाउ गर्न बनाइएको खोला माथिको डाइभर्सन बाढीले बगाएको छ ।

शनिबार रातिको वर्षाका कारण खोलामा आएको पानीको बहाबलाई ह्युमपाइम राखी बनाइएको डाइभर्सनले थेग्न नसक्दा बाढीले बगाएको हो ।

जीर्ण पुलबाट १० टनभन्दा माथिको मालवाहक वा सवारी आउजाउ गर्न ४ महिनाअघि देखि रोक लगाइएको छ । अस्थायी रुपमा डाइभर्सन गरी पोखरा बजार प्रवेश गर्न सहज बनाइएको थियो । डाइभर्सन बगाएपछि अहिले सयौंको संख्यामा कोत्रेबाट तल्लोगगनगौडासम्म मालबाहक सवारीहरु रोकिएका छन् ।

ठूलो पानी नपरेपनि खोलामा आएको बाढीका कारण डाइभर्सनकै बगाएपछि अब अस्थायी रुपमा राख्न लागिएको बेलिब्रिजकै काम छिटो गर्न ठेकेदारलाई भनिएको सडक डिभिजन पोखराका प्रमुख हरिकुमार पोखरेलले बताए ।

स्टिल ब्रिज सञ्चालनमा आएको १ दसकमै जीर्ण बनेपछि विकल्पमा बेलिब्रिज सडक डिभिजन पोखराले नै प्रक्रिया अघि बढाएको थियो ।

बेलिब्रिज निर्माणको जिम्मा सगरमाथा र जेजे (जेभी)ले पाएको हो । सडक र ठेकेदार कम्पनीसँग वैशाख २२ गते सम्झौता भएर काम धमाधम भइरहेको छ ।