काठमाण्डु – सर्वोच्च अदालतले बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बाटो खुला गरेको छ । बुधबार लिखित आदेश जारी गर्दै सर्वोच्चले विमानस्थल निर्माणको सम्बन्धमा पुनः सम्भाव्यता अध्ययन गरेर योजना बनाउन सरकारलाई निर्देशन दिएको हाे ।
विमानस्थल निर्माण गर्दा पर्यावरणमा न्युनतम मात्रै क्षति हुने गरी आवश्यकभन्दा बढी रुख नकाट्न र क्षेत्र प्रयोग नगर्न पनि निर्देशन दिएको छ ।
‘यसअघि अन्तिम लिखित फैसलामा पूर्ण इजलासका पाँच जना न्यायाधीशबीच राय बाझिए पनि बहुमत राय दिने तीन जना न्यायाधीशले पनि निजगढमा विमानस्थल बनाउने कुरालाई रोक नलगाएको’ आदेशमा उल्लेख छ ।
निजगढ विमानस्थलको प्राविधिक, वातावरणीय र आर्थिक हिसाबले उपयुक्त हुने गरी खोज्न भने पनि निजगढमै विमानस्थल बनाउन रोक भने नलगाएको बहुमतले राय दिएका छन् ।
बहुमतको राय दिने न्यायाधीशमा विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र प्रकाशमान सिंह राउत रहेका छन् । निजगढको विकल्प निजगढ नै हुने भनेर अल्पमतमा राय दिनेमा भने हरिकृष्ण कार्की र मनोजकुमार शर्मा छन् ।
आदेशको पूर्णपाठ:




प्रतिक्रिया