काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा आज चार घण्टा बिजुली नआउने

काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा आज चार घण्टा बिजुली नआउने


काठमाण्डु- बूढानीलकण्ठआसपासका क्षेत्रमा शनिबार चार घण्टा बिजुली अवरुद्ध हुने भएको छ।

बूढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडर अन्तर्गत भंगाल, बिजुली भंगाल, गाम्चा, सापाटार, टुपेक, वडा कार्यालय ११, कौडोल, सुन्दरबस्ती, बाँसबारी, गणेश चोक र स्पेशल चोक लगायतका स्थानमा बिहान ९ देखि दिउँसो १ बजेसम्म बिजुली काट्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

ती क्षेत्रमा बिजुलीको भूमिगत प्रसारण लाइनको काम गर्न फिडर सटडाउन गर्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने भएको हो। निर्धारित समय अगावै काम सम्पन्न भए अगाडि नै विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ।