काठमाण्डु– सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको एक घरमा आगलागी भएको छ । लिखुपिके–३ काफ्लेचौरका रुद्रबहादुर खत्रीको घरमा भाडामा बसेको कार्यालय भवनमा आगलागी भएको हो ।
विद्युत सर्ट भएर आगो सल्किएपछि खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएको बताइएको छ । उक्त घरमा गाँउपालिकाको प्राविधिक शाखा, स्टोर शाखा र प्रधानमन्त्री रोजगार शाखा रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय सोलुका अनुसार घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । आगलागीका कारण घर ध्वस्त भएको छ ।
थप विवरण आउन बाँकी रहेको छ ।




प्रतिक्रिया