युक्रेन युद्धः विजुली नभएपछि अध्यारोमा बालकको मुटुको शल्यक्रिया


एजेन्सी – राजधानी सहरमा रुसी क्षेप्यास्त्र हमला गरेपछि युक्रेनी शल्यचिकित्सकहरूको टोलीले अँध्यारो किभ अस्पतालमा एक बच्चाको मुटुको शल्यक्रिया गरेको देखाएको नाटकीय भिडियो सोशल मिडियामा भाइरल भइरहेको छ ।

‘युक्रेनमा रुसीहरूले गरेको मिसाइल आक्रमणको क्रममा किभको हार्ट इन्स्टिच्युटमा बिजुली काटिएको थियो । यस समयमा शल्यचिकित्सकहरूले बच्चाको आकस्मिक हृदय शल्यक्रिया गरिरहेका थिए’, सामाजिक सञ्जाल प्रयोगकर्ता इरिना भोचुकले ट्वीटरमा लेखे।

करिब २ मिनेट लामो भिडियोलाई ट्वीटरमा १५ हजारभन्दा बढीले हेरेका छन् । फुटेजमा शल्यचिकित्सकहरूको टोलीले सीमित प्रकाशमा शल्यक्रिया जारी राखेको देख्न सकिन्छ । शल्यचिकित्सकको हेडलाइट बाहेक अँध्यारोले कोठा ढाकेको थियो। अपरेटिङ रुममा सामान्यतया देखिने उज्यालो ओभरहेड बत्ती पनि चलाइएको थिएन ।

न्युजवीकका अनुसार भिडियोमा देखिएका एक डाक्टरले भने, ‘आज हामी यसरी मुटुको शल्यक्रिया गर्छौं ।’ शल्यक्रियामा दुई मुटुको भल्भ बदल्न कार्डियोपल्मोनरी बाइपास गरिएको छ । ‘के भयो कसैलाई थाहा छैन, तर अपरेटिंग कोठा पूर्ण रूपमा कालो भयो’ ।

प्रतिक्रिया दिनुहोस
Advertisement