एजेन्सी – भारतको कानपुरमा आठ प्रहरीको हत्याको आरोपमा विकास दुबेलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेशको उज्जैन भन्ने स्थानमा रहेको महाकाल मन्दिरबाट पक्राउ परेका दुबेले कानपुरका आठ जना प्रहरीको हत्या गरेर फरार रहेका थिए ।
अहिले उनलाई मध्य प्रदेश प्रहरीको हिरासतमा राखिएको छ । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले विकास दुबेको गिरफ्तारीको पुष्टि गरिसकेका छन् तर थप जानकारी दिन अस्वीकार गरेका छन् ।
मिश्राले दुबेको पक्राउलाई मध्य प्रदेश पुलिसको ठूलो सफलता बताएको छ । उनले भने कि विकास दुबे अहिले पनि मध्य प्रदेश पुलिसको हिरासतमा छन् ।
मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले पनि दुबेलाई पक्राउ गरेकोमा मध्यप्रदेश पुलिसलाई धन्यवाद दिएका छन् ।
उनले ट्वीट गरेका छन्,‘जो महाकालको शरणमा जान्छन् उनीहरूको पाप धोईनेछ । उनीहरू महाकाललाई चिन्दैनन् । हाम्रो सरकारले कुनै अपराधीलाई छोड्ने छैन ।’
प्रहरी आउने सूचना पाइसकेको दुबेको समूह त्यहाँ जेसिबीले बाटो अवरूद्ध गरेर बसेका थियो । उनीहरूले त्यसपछि प्रहरी त्यहाँ पुग्नेबित्तिकै वरिपरिका घरका छतबाट गोली बर्साएका थिए । त्यसपछि ८ जना प्रहरीको हत्या गरेर दुवै फरार भएका थिए ।




प्रतिक्रिया