विकास निर्माणको काममा ढिलाइ गरे कारवाही हुने


सप्तरी- प्रदेश नम्बर २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले भौतिक निर्माणका काम छिटोछरितो एवं तोकिएको समयमा काम पुरा नगर्ने सम्बन्धित निकाय कारवाहीमा पर्ने बताएका छन् ।

उनले आज राजविराजमा पत्रकारसँग कुरा गर्दै तराई–मधेशमा काम नगर्ने, ढिलासुस्ती गर्ने तथा गुणस्तरहीन काम गर्नेलाई बर्खास्त गर्न सकिने बताए । विकास निर्माणका दृष्टिले प्रदेश नम्बर २ अत्यन्त पछाडि रहेकाले तीव्र रूपमा अगाडि बढ्नु पर्नेमा जोड दिँदै राष्ट्रिय जनता पार्टी नेपाल संसदीय दलका नेतासमेत रहेका मन्त्री सोनलले केन्द्रीय योजनामा समेत मनपरी ढंगले काम गर्ने छुट कसैलाई नहुने स्पष्ट गरे ।

मन्त्री सोनलले केन्द्रीय सरकारको विकास निर्माणको कामलाई निगरानी र खबरदारी गर्ने काम प्रदेशले गर्ने बताउँदै निर्माणसम्बन्धी काम समयमा पुरा नहुनाको मुख्य कारण निर्माण कम्पनीले एकदमै घटाएर काम गर्ने जिम्मा लिने गरेकोप्रति चिन्ता व्यक्त गरे । मुख्यमन्त्रीको कार्यालयलगायत सम्पूर्ण मन्त्रालयमा सूचना डेस्क राखी गतिविधिलाई पारदर्शी बनाउन लागिएको मन्त्री सोनलले जानकारी दिए ।रासस

प्रतिक्रिया दिनुहोस
Advertisement