काठमाण्डु — श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे सरकारी कोषको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन्।
उनीमाथि लागेको मुद्दा उनको राष्ट्रपति कार्यकालका विदेश यात्रासँग जोडिएको हो। बीबीसी हिन्दीले श्रीलंकन प्रहरीलाई उद्धृत गर्दै विक्रमसिंघे पक्राउ परेको जनाएको छ।
सन् २०२३ मा न्यूयोर्कमा संयुक्त राष्ट्र महासभामा सहभागी भइसकेपछि उनी पत्नीसमेतसँग लन्डनमा निजी प्रयोजनका लागि रोकेका थिए। तर त्यस यात्राको खर्च सरकारी कोषबाट व्यहोरेको दाबी गरिएको छ।
पक्राउ परेका उनलाई शुक्रबार राजधानी कोलम्बोको मजिस्ट्रेट अदालतमा उपस्थित गराइनेछ। त्यसअघि उनले आपराधिक अनुसन्धान विभाग (सीआईडी) समक्ष बयान दिइसकेका छन्।
विक्रमसिंघे आर्थिक संकटका कारण व्यापक विरोध भड्किएको अवस्थामा राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए।




प्रतिक्रिया