वासिङटन – माइक्रोसफ्टका संस्थापक बिल गेट्सकी छोरी जेनिफर गेट्सले मिस्रका नायेल नास्सारसँग विवाहको घोषणा गरेकी छन् ।
जेनिफरले स्थानिय समय अनुसार बुधबार सोशल मीडिया प्लेटफर्म इन्टाग्राममा लेखेकी छन, ‘नायल नास्सार तपाई फरक किसिमको व्यक्ति हुनुहुन्छ । म तपाईसँग आगामी जीवन सिक्दै, बढ्दै, हाँस्दै बिताउनका लागि थप कुर्न सक्दिन ।’
जेनिफर र नास्सार लामो समयदेखि साथ रहदै आएका छन् ।
जेनिफरले एक साक्षात्कारको समयमा भनेकी छन्, ‘यो विशेष भएको छ । घोडाले हाम्रो जीवनको एक हिस्सा लिएको छ । योे मामिलामा नास्सार एक पेशेवर हुन् र म यस खेलमा अझै पनि सिकारु नै रहेको छु । यसैले एक अर्कासँग घोडाका लागि हाम्रो माया तथा जुनुन साझा गर्नमा सक्षम हुनु अविश्वसनिय हो ।’




प्रतिक्रिया