स्वास्थ्य बिमा समस्या समाधानका लागि प्रधानमन्त्रीले बोलाइन् बैठक

स्वास्थ्य बिमा समस्या समाधानका लागि प्रधानमन्त्रीले बोलाइन् बैठक


काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानका लागि बैठक बोलाएकी छिन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार अपराह्न बस्ने गरि सरोकारवाला पक्षहरूको बैठक बोलाएकी हुन् ।

बैठक आज दिउँसो साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए ।

स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन् ।

स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई १० अर्ब रुपैयाँ भन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।