रोकिएको कोरोना बिमा पुनः सुचारु


काठमाडौं – स्थगित भएको कोरोना बीमा २४ घण्टामा नै पुनः सुचारु भएको छ । बिहीबार बीमा समितिले कोरोना बीमा स्थगन गर्न निर्देशन दिएको थियो । समितिले शुक्रबार पुनः कोरोना बीमा सूचारु गर्न सम्बद्ध कम्पनीहरुलाई निर्देशन दिएको छ ।

यसअघि हिजो बिहीबार मात्रै कोरोना बीमा स्थगन गरेको समितिले आज एक विज्ञप्ति जारी गर्दै साविककै बीमालेख आजदेखि लागू हुनेगरी सुचारु गर्न सबै निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

समितिले अब जारी हुने बीमालेख आगामी चैत मसान्तसम्मको लागि मात्रै जोखिम बहन गर्नेगरी बिक्री गराउन निर्देशन दिएको छ ।

वैशाख ७ गतेदेखि कोरोना बीमा सुरुआत गरिएको थियो । १ लाख र ५० हजार गरी दुई विकल्पमा बीमा गर्न सकिने व्यवस्था गरिएको छ।

१ हजार रुपैयाँ बुझाउनेले १ लाख र ५ सय रुपैयाँ बुझाउने व्यक्तिले ५० हजार रुपैयाँको कोरोना बीमा गर्न पाउने व्यवस्था छ ।

यो रकम बुझाएर बीमा गरेको १५ दिनपछि चैत मसान्तसम्म पिसिआर परीक्षणमार्फत कोरोना पुष्टि भए सम्बद्ध व्यक्तिले बीमा रकम प्राप्त गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement