विमला हत्या प्रकरण : तथ्य नजिक पुगेकाे प्रहरीकाे दावी

विमला हत्या प्रकरण : तथ्य नजिक पुगेकाे प्रहरीकाे दावी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत विमलादेवी पराजुली हत्या प्रहरणमा प्रहरीले अपराधी पहिचान गर्न तथ्य नजिक पुगेको बताएको छ । हाल प्रमाण सङ्कलन गर्ने कार्य भइरहेको इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया पराजुली कार्यालय परिसरमै मृत फेला परेकी थिइन् । उनी उच्च अदालत विराटनगर इलाम इजलास इलाममा कार्यालय सहयोगी पदमा केही समय अघिदेखि काम गर्दै आइरहेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय इलामले बिहानैदेखि घटनाका विषयमा अनुसन्धान गरिरहेको थियो । थप अनुसन्धान गर्न धरानबाट कुकुर झिकाएरसमेत अनुसन्धान गरिएको हो । कुकुर आउनुअगाडि नै प्रहरीले अभियुक्त पत्ता लगाउन करिब सफल भए पनि कुकुरको अनुसन्धानपछि थप पहिचान र प्रमाण फेला पर्न सक्ने भन्दै भोलिसम्ममा थप अनुसन्धानपछि सार्वजनिक गरिने जनाइएको छ ।

यता स्थानीयवासी तथा महिला अधिकारकर्मीले छिटो दोषी सार्वजनिक गर्न माग गरेका छन् । उनीहरुले घटनाका विषयमा छानबिन चाँडो हुनुपर्ने भन्दै उच्च अदालत अगाडि दबाबस्वरुप नाराबाजीसमेत गरेका छन् । उनको शव अर्धनग्न अवस्थामा अदालतकै बलेँसीमा घोप्टो अवस्थामा फेला परेको थियो । शव परीक्षणका लागि बिपी कोइराला प्रतिष्ठान धरान पठाइने प्रहरीले जनाएको छ ।