‘प्रेमी’को श्रीमती कुट्ने मन्त्री विमलाले दिइन् राजीनामा

‘प्रेमी’को श्रीमती कुट्ने मन्त्री विमलाले दिइन् राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन् । बुधबार वलीले मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा पत्र बुझाएकी हुन् । यसभन्दा अघि प्रेमी भनिएका व्यक्तिको घरमा पुगेर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेको भन्दै वली विवादमा तानिएकी थिइन् ।

दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर बस्नेतकी श्रीमती र छोरीलाई हातपात गरेको अभियोगमा उनीमाथि छानबिन भइरहेको छ । वलीले भने आफूले हातपात नगरेको दाबी गरेकी छन् ।