सांसद वली अपहरणमा परेको एमालेको दाबी, खोज्न प्रहरी परिचालन

सांसद वली अपहरणमा परेको एमालेको दाबी, खोज्न प्रहरी परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले लुम्बिनी प्रदेशकी सांसद विमला वली अपहरणमा परेको दाबी गरेको छ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले सांसद वली अपहरणमा परेको बताएका छन् ।

काठमाण्डुपाटीसँग कुरा गर्दै मन्त्री चौधरीले भने, ‘उहाँको विज्ञप्ति आएको देखियो । सांसद सम्पर्कविहीन हुनुहुन्छ । दल त्याग गरेको भए उहाँले उपस्थित भएर भन्न पर्यो नि ।’

उनले सांसद वली संसदीय दलको बैठकमा सहभागी हुन आउँदै गर्दा बाटोबाटै अपहरणमा परेको बताए । मन्त्री चौधरीले वलीको अवस्था सार्वजनिक गर्न र उद्धार गर्न सुरक्षा निकायलाई निर्देशन दिएको बताए ।