काठमाण्डु – गण्डकी प्रदेश सभा सदस्य विमला वलीले आफ्नो खुसीले माओवादी केन्द्र रोजेको बताएकी छन् ।
नेकपा एमालेले सांसद वलीको अपहरण भएको आरोप लगाउँदै गर्दा उनले आफूखुसी माओवादी केन्द्र रोजेको बताएकी हुन् । उनले माओवादीका नेताहरूले आफूलाई सहयोग गरेका कारण आफू माओवादी केन्द्रमा लागेको स्पष्ट पारेकी छन् ।
‘म आउँदै गर्दा पार्टी उक थियो । श्रीमानको निधन भएपछि म एकाएक आएँ । मलाई नजिकबाट माअोवादीबाट सपोर्ट पाएको छु । कसैले मलाई आउनुपर्छ भनेको होइन मेरो इच्छाले नै पार्टी परिवर्तन गरेको हो’, उनले भनिन् ।
उनी दाङ क्षेत्र नं. ३ (ख) बाट निर्वाचित भएकी थिइन् । सांसद वलीले श्रीमान् एमालेबाट चुनाव लडे पनि उनको मृत्युपछि आफूलाई उम्मेदवार बनाउने बेलामा कुन पार्टी के हो भन्ने थाहा नभएको बताइन् ।




प्रतिक्रिया