निजी विद्यालयका शिक्षक अप्ठ्यारोमा परे, राहत प्याकेज ल्याउः सांसद बिमला राई

निजी विद्यालयका शिक्षक अप्ठ्यारोमा परे, राहत प्याकेज ल्याउः सांसद बिमला राई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय सभाकी सांसद विमला राई पौडेलले निजी विद्यालयहरू बचाउन राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेकी छन् । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद पौडेलले निजी विद्यालय सञ्चालकहरूका लागि केही न केही राहत दिनुपर्ने बताएकी हुन् ।

सबै विद्यालय विगतमा कमाएको नाफाबाट स्टाफ धान्न सक्ने अवस्थामा नरहेको उनको भनाइ थियो । स्थानीय तहलाई वर्गीकरण गर्न दिएर सहुलियतपूर्ण व्याज लगायतको सुविधा दिनुपर्नेमा उनले जोड दिइन् ।

बैठकमा उनले भनिन्, ‘निजी विद्यालय सञ्चालकहरूका लागि राहत प्याकेज ल्याउन शिक्षा मन्त्रालय र अर्थ मन्त्रालयको ध्याकर्षण गराउन चाहन्छु ।’

कोरोना भाइरसबाट सुरक्षित स्थानमा स्थानीय तहलाई विद्यालय सञ्चालन गर्ने अधिकार दिनुपर्ने उनको भनाइ थियो ।

‘शिक्षकहरु बाच्न सक्दैनन् भने, विद्यार्थी पनि बाच्दैनन् उनीहरुको पढाई बाच्दैन । अनि त्यो नबाचेपछि यो देश पनि कसरी संमृद्ध हुन्छ ? त्यतातिर पनि ध्यान दिन जरुरी छ । पहिले राम्रै नाफा कमाएका कतिपय निजी विद्यालयले यतिबेला आफ्नो खर्च धाने पनि आयव्यय बराबर हुने गरी सञ्चालनमा रहेका विद्यालयका शिक्षक भने यतिबेला साच्चिकै अप्ठ्यारोमा परेका छन्’, उनले भनिन् ।