देउवाले एमाले फुटाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेः विमला राई

देउवाले एमाले फुटाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेः विमला राई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवामाथि नेकपा एमाले फुटाएर मन्त्रिमण्डल विस्तार गर्ने योजना रहेको आरोप लागेको छ ।

आइतबारको राष्ट्रियसभाको बैठकमा बोल्दै एमाले सांसद डा. विमला राई पौडेलले प्रधानमन्त्री देउवाले एमाले फुटाएर मन्त्रिपरिषद् विस्तार गर्न खोजेको आरोप लगाएकी हुन् ।

उनले सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मन्त्रिपरिषदमा समावेश गरौंला भनेर प्रधानमन्त्री देउवाले पर्खेर बसिरहेको आरोप लगाइन् ।

‘सबैभन्दा ठूलो पार्टी कहिले फुटला र फुटेपछि मेरो सरकार टिकाउन मन्त्रिपरिषदमा ज्वाईन गराउँला भनेर पर्खेर बस्ने प्रधानमन्त्री हो ? यति कमजोर प्रधानमन्त्री । चिन्ता शेरबहादुर जी कमजोर हुनु भो भनेर होइन्, चिन्ता फेरी संसदीय व्यवस्था कमजोर हुन्छ भन्ने हो । यो व्यवस्थालाई कमजोर बनाउने काम नगर्न प्रधानमन्त्रीलाई मेरो अनुरोध छ,’ सांसद राईले भनिन् ।

उनले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारलाई अप्ठयारोमा पार्न राजनीतिक संयन्त्र बनाइएको भन्दै देउवालाई त्यसको बन्धक नबन्न पनि आग्रह गरेकी छन् ।