रामचन्द्र र गगनलाई निधिको चुनौतीः जसपाका सांसदलाई देउवातिर उभ्याएर देखाउनुस्

रामचन्द्र र गगनलाई निधिको चुनौतीः जसपाका सांसदलाई देउवातिर उभ्याएर देखाउनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले जसपाका सांसदलाई देउवाको पक्षमा तानेर देखाउन रामचन्द्र पौडेल र गगन थापालाई चुनौती दिएका छन् ।

जसपाको महन्थ ठाकुर नेतृत्वको बहुमत संख्या प्रधानमन्त्री केपी शर्मा ओलीतिर ढल्किएका बेला निधिले जसपाको सिंगो पार्टी पंक्ति र सांसदलाई सभापति शेरबहादुर देउवाको पक्षमा उभ्याएर देखाउन चुनौती दिएका हुन् ।

पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले देउवाको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव, बाबुराम भट्टराई समूहसँग हात मिलाएको छ । सोही बेला निधिले जसपाको सिंगो नेतृत्वलाई देउवाको पक्षमा ल्याउन चुनौती दिएका हुन् ।

‘यो ३२ जना जुन छ नि जसपा । त्यसलाई कसरी शेरबहादुरतिर तान्नु हुन्छ रामचन्द्र जी, गगनजी बहादुर नेताहरु । तान्नुस् न । गफ गरेर हुँदैन हेर्नुस् है,’ निधिले भने ।