विमान दुर्घटनामा तीन जना अझै बेपत्ता, सोमबार बिहानैदेखि खोजी कार्य सुरु गरिने


काठमाण्डु- आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ६९ जनाले ज्यान गुमाएका छन् ।

यती एयरलाइन्सले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ६९ जनाको मृत्यु भइसकेको छ भने बाँकी तीनजनाको सोमबार बिहानबाट खोजीकार्य गरिनेछ ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका चार जनासहित ७२ जना सवार थिए । ती मध्ये ६९ जनाको शव फेला परेको भए पनि तीन जनाको अझैँ बेपत्ता रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement