दुई सय ३० यात्रु बोकेको विमान आकस्मिक मकैबारीमा अवतरण (भिडियाेसहित)

दुई सय ३० यात्रु बोकेको विमान आकस्मिक मकैबारीमा अवतरण (भिडियाेसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को – रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको छ। यात्रु र चालक दलका सदस्य गरी दुई सय ३० भन्दा बढी व्यक्ति बोकेर उडेको जहाजमा उडेको एकैछिनमा चरा ठोक्किन पुगेको थियो।

चरा ठोक्किएपछि असन्तुलित बनेको जहाजलाई चालकले मकैबारीमा सुरक्षित अवतरण गराएका थिए। सो विमान मस्को शहरको झुकोप्स्की विमास्थलबाट बिहीबार बिहान उडेको थियो।

क्राइमियाका लागि उडेको सो विमान विमानस्थलबाट एक किलोमीटर मात्र पर पुगेका बेला यसमा चरा ठोकिएको थियो। जहाजमा रहेका यात्रुमध्ये २३ जना घाइते भएका बताइएको छ। एएफपी