इन्जिनमा लागेको आगो निभेपछि फ्लाई दुबईको जहाज सुरक्षित गन्तव्यतिर लाग्यो

इन्जिनमा लागेको आगो निभेपछि फ्लाई दुबईको जहाज सुरक्षित गन्तव्यतिर लाग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  इन्जिनमा समस्या देखिएको भनिएको फ्लाई दुबई विमान गन्तव्यतर्फ नै प्रस्थान गरेको छ।

काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको विमानमा समस्या भएपछि कामाठाडौंतर्फ फर्किको विमान फेरि दुबईतर्फ फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

९ बजेर २३ मिनेटमा उडेको विमानको इन्जिनमा समस्या देखिएको भन्दै चालक दलले खबर गरेपछि विमान आकस्मिक अवतरणको तयारी गरिएको थियो। काठमाडौंको आकासमा केहीबेर फन्को लगाएको विमान पछि समस्या सामान्य भएको बताएर गन्तव्य तर्फ नै लागेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।