न्डुरस द्वीपमा विमान दुर्घटना, अमेरिकी पाइलटसहित ५ जनाको मृत्यु


एजेन्सी – न्डुरस द्वीपमा शनिबार विमान दुर्घाटना हुँदा पाइलटसहित पाँच जनाको मृत्यु भएको छ । चार क्यानेडियन र एक अमेरिकी पाइलटसहित पाँच जनाको मृत्यु भएको अग्नी नियन्यन्त्रकले जनाएका छन् । विमान होन्डुरन द्वीपबाट उडान भरेको केही मिनेट मै दुर्घटना भएको थियो ।

दुर्घटनामा परी ब्रैडली पोष्ट, बेली सोनी, टामी डब्लर र पाइलट पैट्रिक फोर्सेथको ज्यान गएको हो । त्यस्तै विमान दुर्घटनामा परी घाइते भएका क्यनेडियन पाइलट एंथोनी डब्लरको उपचारको क्रममा ज्यान गएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अन्तराष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement