त्रिभुवन विमानस्थलमा बिग्रिएको सञ्चार उपकरण फेरेपछि उडान सुरु

त्रिभुवन विमानस्थलमा बिग्रिएको सञ्चार उपकरण फेरेपछि उडान सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलले प्रयोगमा ल्याएको रेडियो फ्रिक्वेन्सीमा खराबी आएका कारण दुई घण्टादेखि प्रभावित विमानस्थलको उडान सञ्चालन भएको छ। विमानस्थलको भिसिसिएस उपकरण बिग्रिँदा मंगलबार बिहान ९ बजेदेखि उडान प्रभावित भएको थियो।

उक्त उपकरण परिवर्तन गरी केहीबेर अघिदेखि उडान सञ्चालनमा ल्याइएको विमानस्थलले जनाएको छ। एयर ट्राफिक म्यानेजमेन्ट, एयर ट्राफिक कन्ट्रोल कम्युनिकेसन लगायतका लागि प्रयोग हुने भिसिसिएस बिग्रिँदा ५० भदा बढी उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए।

दैनिक पाँच सयको हाराहारीमा उडान हुने त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट हुने उडान करिब २ घण्टासम्म प्रभावित भएको थियो।