काठमाण्डु-मुलुकको वर्तमान विषम परिस्थितिका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ।
विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार सूचना जारी गर्दै निषेधाज्ञा, कर्फ्यू आदेश र उपत्यकाभित्रको अस्थिर अवस्थाका कारण विमान सञ्चालनमा गम्भीर समस्या देखिएको जनाएको हो।
कार्यालयले विमानस्थल वरपर उडान तथा अवतरण मार्गमा फैलिएको बाक्लो धुँवाले सुरक्षा जोखिम बढाएकाले तत्काल विमान सञ्चालन असम्भव भएको स्पष्ट गरेको छ।
विमानस्थल बन्द रहँदा यात्रुहरूलाई अनावश्यक रूपमा विमानस्थल नआउन आग्रह गरिएको छ। साथै, पुनः सञ्चालनको सूचना पाएपछि मात्र सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरेर यात्राको व्यवस्था मिलाउन अनुरोध गरिएको छ।
यसबाट यात्रुहरूलाई पर्न गएको असुविधाप्रति नागरिक उड्डयन कार्यालयले क्षमा मागेको छ।





प्रतिक्रिया