बालेन प्रधानमन्त्री हुने भएपछि कांग्रेस नेता निधि खुशी

बालेन प्रधानमन्त्री हुने भएपछि कांग्रेस नेता निधि खुशी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता विमिलेन्द्र निधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री हुन लागेकोमा खुशी जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा नेता निधिले पहिलो पटक मधेशी व्यक्ति प्रधानमन्त्री हुन लागेको उल्लेख गरेका छन्। ‘बालेन शाह नेपालको प्रधानमन्त्री हुने अब पक्का भएको छ। पहिलोपटक एउटा मधेसी व्यक्ति प्रधानमन्त्री हुँदैछ,’ उनले लेखेका छन्।

यसलाई उनले ऐतिहासिक राजनीतिक रुपमान्तरण भनेका छन्। ‘यो असली र ऐतिहासिक राजनीतिक रुपान्तरण हो, पुस्तान्तरण मात्र होइन। देशी र विदेशी सबैले यो सत्य संज्ञानमा राख्नुपर्छ,’ उनले भनेका छन्।

नेता निधिले प्रधानमन्त्री बन्न लागेका शाहलाई बधाई पनि दिएका छन्। ‘म चुनाव हारे पनि साह्रै हर्षित छु,’ निधिले भनेका छन्, ‘बालेन शाहलाई बधाई छ!’

गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा निधि धनुषा–३ बाट पराजित भएका छन्। त्यस क्षेत्रमा रास्वपाका प्रवक्ता मनिष झा विपयी भएका हुन् ।