काठमाण्डु – सत्तारुढ नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सबै नागरिकलाई कोरोनाविरूद्धको खोप लगाउन सरकारले प्रयत्न गरिरहेको दावी गरेका छन् ।
काठमाण्डुको त्रिपुरेश्वरमा स्थापना गरिएको ‘नवरत्न आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर’ को उद्घाटन गर्दै उनले सरकारले कोरोना विरुद्धको खोपलाई बढी प्राथमिकता दिएको दावी गरे ।
उपसभापति निधिले जहाँबाट ल्याएर भएपनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिवद्ध भएर लागि परेको बताएका छन् ।




प्रतिक्रिया