अवकाशको ३ दिन अघि मुख्यसचिव बनाउने प्रधानमन्त्रीमाथि नैतिक प्रश्न उठ्यो !

अवकाशको ३ दिन अघि मुख्यसचिव बनाउने प्रधानमन्त्रीमाथि नैतिक प्रश्न उठ्यो !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निलम्बित मुख्यसचिव बैकुण्ठ अर्यालको नियुक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा जवाफ दिनुपर्ने माग गरिएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा राप्रपाकी सांसद विना लामाले निलम्बित आर्यालको नियुक्तिबारे प्रधानमन्त्री प्रचण्डले संसदमा जवाफ दिनुपर्ने माग गरेकी हुन् ।

‘वर्तमान प्रधानमन्त्री नेतृत्वकै सरकारले २०८० असोज १४ गतेसम्म पदावधि भएका तत्कालीन मुख्यसचिव शंकरदास बैरागीलाई हुँदै नभएको दरबन्दी निर्माण गरेर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीसरहको सुविधा पाउनेगरी नियुक्त गरी २०८० असार २ गतेबाट अवकाशमा जान लागेका बैकुण्ठ अर्याललाई २०८० जेठ ३२ गते मुख्यसचिव किन नियुक्त गरियो ? तीन दिनमा राज्यलाई के नोक्सान हुनेवाला थियो र के फाइदा भयो ? त्यसैले यो नियुक्ति अस्वाभाविक, अनैतिक र शंकास्पद छ भनेर त्यतिबेला धेरैबाट धारणा आएका थिए । सरकारले यतिधेरै महत्व दिएका तीनै मुख्यसचिव अहिले भ्रष्टाचार मुद्दामा निलम्बित छन् ,’ उनले भनिन् ।

अवकाशको तीन दिन बाँकी रहेका व्यक्तिलाई मुख्यसचिव बनाएर राज्यलाई थप आर्थिक दायित्व बोकाउन नेतृत्व गर्ने प्रधानमन्त्रीमाथि नैतिक प्रश्न पनि उठेको उनले दाबी गरिन् ।

‘अवकाश पाउन तीन दिन बाँकी रहेका व्यक्तिलाई मुख्यसचिव बनाएर राज्यलाई थप आर्थिक दायित्व बोकाउन नेतृत्व गर्ने प्रधानमन्त्रीलाई नैतिक प्रश्न हो कि होइन ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ,’ उनले भनिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता भएको भन्दै  मुख्यसचिव अर्यालमाथि आइतबार मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि मुख्यसचिव अर्याल निलम्बनमा परेका छन् ।