काठमाण्डु– नेकपा माओवादी केन्द्रले सुदुरपश्चिम प्रदेशको अध्यक्षको जिम्मेवारी पुर्व खानेपानी मन्त्री विना मगरलाई दिने भएको छ । माओवादीले अहिले नेताहरुको कार्यविभाजनको तयारी गरिरहेको छ । उनि माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुन ।
माओवादी केन्द्रले यसअघी अन्य प्रदेशमा प्रदेशको नेतृत्व टुंगाएपनि सुदुरपश्चिलगायत केही ठाउंमा भने पदाधिकारीको टुंगो लगाउन सकेको थिएन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रभावशाली नेताहरु वर्षमान पुन र जनार्दन शर्मा सुदुरपश्चिम प्रदेशको अध्यक्षको जिम्मेवारी मगरलाई दिन सहमत भइसकेका छन् ।
सुदुरपश्चिम प्रदेशका माओवादीका अधिकांश नेता कार्यकर्ताहरु मगरलाई प्रदेशको अध्यक्ष बनाउन नहुने पक्षमा थिए । तर, अन्ततः उनी नै प्रदेश अध्यक्ष बन्ने निश्चित भएको हो ।
माओवादीले प्रदेशको इन्चार्जमा खगराज भट्ट र सहइन्चार्जमा तारामान स्वार र लक्ष्मी जोशीलाई नियुक्त गरिसकेको छ ।
प्रदेश अध्यक्षको दौडमा रहेका नेपबहादुर चौधरीलाई सहइन्चार्ज बनाउने र सचिवमा नरेन्द्र कुंवरलाई जिम्मेवारी दिने माओवादीको तयारी छ । कुवंर यसअघि वैतडीबाट निर्वाचित सांसद थिए ।
चौधरीलाई अध्यक्ष बनाउन प्रदेश इन्चार्ज खगराज भट्ट, विरमान चौधरी, नरेन्द्र कुवंर,रेणु चन्द,देवराज रेग्मी र ओमविक्रम भाटलगायतका नेताहरु लविंगमा थिए भने मगरको पक्ष्ँमा मुख्यमन्त्री त्रिलोचन भट्ट, तारामान स्वार,टेकेन्द्र भट्ट र लक्ष्मी जोशी थिए ।




प्रतिक्रिया