सेनाका सहायकरथी राणा उपरथीमा बढुवा सिफारीस, उपरथी कार्कीले पाए अवकास

सेनाका सहायकरथी राणा उपरथीमा बढुवा सिफारीस, उपरथी कार्कीले पाए अवकास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–नेपाली सेनाका सहायकरथी विनयविक्रम राणा उपरथीमा बढुवा सिफारीस भएका छन्। सैनिक मुख्यालयले राणालाई उपरथीमा बढुवा गर्न सिफारीस गरेको पत्र मंगलवार रक्षामन्त्रालय पुगेको छ । अव बस्ने मन्त्रिपरिषदको वैठकले राणालाई उपरथीमा बढुवा गर्ने निर्णय गर्नेछ । उनलाई सेनाको पश्चिम पृतनाको पृतनापतिमा बढुवासहित सरुवा गर्ने निर्णय समेत भएको छ ।

राणा सेनामा प्रधानसेनापतिसम्म पुग्न सक्ने सैनिक अधिकारी हुन् । सहायकरथी राणा हाल सैनिक सचिवको रुपमा कार्यरत छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाका साढु नाता पर्ने उपरथी राजेन्द्र कार्कीलाई तिन तारे जर्नेलमा बढुवा गर्ने तयारी भएको चर्चा चलेपनि अन्ततःउनी विदामा बसिसकेका छन् ।

कार्कीले यहि भदौ १५ गते सैनिक सेवाबाट अवकास पाउनेछन् । उनलाई राष्ट्रपतिको सुरक्षा सल्लाहकार बनाउने तयारी भएको स्रोतको दावी छ । कार्की सहायकरथी हुंदा राष्ट्रपति कार्यालयमा कार्यरत थिए ।

यता सेनाको विकास निर्माण महानिर्देशनालयका महानिर्देशक उपरथी रामधर सिंह समेत विदामा बसेका छन् । उनको ठाउंमा सहयाकरथी शरदलाल श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने तयारी छ । सेनाका अर्का उपरथी रघु भण्डारीलाई अवकासपछि राष्ट्रीय सेवा दलमा लग्ने तयारी भएको बुझिएको छ ।