वरिष्ठ पत्रकार कसजुको निधन

वरिष्ठ पत्रकार कसजुको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ पत्रकार एवं बाल साहित्यकार विनयकुमार कसजुको निधन भएको छ ।

लतिलपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो कसजुको निधन भएको हो । उनको दिउँसो २ बजे कसजुको निधन भएको हो ।

निमोनियका कारण गम्भीर विरामी भएका उनलाई १९ कात्तिकमा मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । पछिल्लो समय कसजुको आईसीयूमा उपचार भइरहेको थियो ।

कसजु राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त पनि हुन् । बालसाहित्यमा उनका ५० बढी कृति प्रकाशित छन् भने उनी राष्ट्रिय समाचार समितिका पूर्वसञ्चालक समिति सदस्य पनि हुन् ।