नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ।

परिवारीक स्रोतका अनुसर शाहको ९२ वर्षको उमेरमा काठमाडौँको कालिमाटीस्थित निवासमा विहीबार विहान निधन भएको हो।

शाह २०४४ मा भारतका लागि नेपालको राजदूत नियुक्त भएकी थिइन्। २०४५ मा नेपालमाथि भारतले नाकाबन्दी गरेका बेला उनी भारतका लागि नेपाली राजदूत थिइन्।

सन् १९७१ मा बंगलादेशको निर्माण भएपछि बंगलादेशका लागि पहिलो नेपाली कार्यवाहक राजदूत पनि शाह नै बनेकी थिइन्।

तत्कालीन सरकारले निजामती सेवाको उमेर हद ३० वर्ष कायम गरेपछि उनले परराष्ट्र सेवाबाट अवकास प्राप्त गरेकी थिइन्।