काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आउने निर्वाचनमा कांग्रेसको तर्फबाट ५० प्रतिशत नयाँ अनुहार पठाउनुपर्ने बताएका छन् ।
आईतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै कांग्रेसले जेनजीका भावना प्रतिनिधित्व गरेको पार्टीको रूपमा आफूलाई उभ्याएको हेर्न चाहाने धारणा राखे ।
उनले भने, ‘नेपाली कांग्रेसले अब कम्तिमा ५० प्रतिशत नयाँ अनुहार निर्वाचनमा सहभागी भएको हेर्न चाहन्छु । कांग्रेसले जेनजीका भावनाको प्रतिनिधि गरेको पार्टीको रूपमा आफूलाई उभ्याएको हेर्न चाहन्छ । राजनीतिलाई पेशा होइन, समाज रूपान्तरण गर्ने महत्त्वपूर्ण प्लेटफर्म हो भनेर उभिन चाहनेलाई खुला रूपमा उभ्याउन चाहन्छ ।’
उनले ३५ वर्षको दौरानमा कांग्रेसले बाटो बिराएको स्वीकार गरे । सिर्जनशील, योग्य र क्षमता भएका व्यक्तिहरूलाई ढोका खोलेर भित्र्याउने राजनीति प्रणाली कांग्रेसले सिर्जना गर्न नसकेको उनको भनाइ छ ।
‘हामीले ३५ वर्षको दौरानमा बाटो बिराएकै रहेछौं । हामीले एउटा यस्तो राजनीतिक प्रणालीको सिर्जना गर्न सकेनौं, जहाँ सिर्जनशील, योग्य र क्षमता भएका व्यक्तिहरूलाई हर किसिमबाट ढोका खोलेर भित्र्याउन सकियोस्,’ उनले भने ।




प्रतिक्रिया