विनोद चौधरीले भने- म जत्तिको मान्छेलाई स्टन्टको लागि जग्गा घोटला प्रकरणमा मुछियो


काठमाण्डु- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिएको छ । बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा रहेको १० रोपनी जग्गा हडपिएको प्रकरणमा सीआईबीले चौधरीको बयान लिएको हो ।

सीआईबीसँग बयान दिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाए । तयस्तै उनले स्टन्ट गर्नेहरूलाई आफ्नो चरित्रको सर्टिफिकेट दिइराख्नु नपर्ने उनले बताए ।

‘म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि नेपालभरीका र विश्वभरीका युवाहरुले, नेपालका रोजगारदाताहरुले, करदाताहरुले कुन सन्देश आफ्नो मनमा लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो । मैले मेरो ४५ वर्षको यात्रापछि आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन ।’, उनले भने ।

सरकारको नामबाट हडपेर लगेको भनिएको १० रोपनी जग्गामा अहिले चौधरी ग्रुपले ‘चाँदबाग स्कुल’ संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement