जग्गा घोटला प्रकरणमा अनुसन्धानमा तानिएका अर्बपति चौधरी श्रीलङ्का उडे


काठमाण्डु- अर्बपति व्यापारी एवम् नेपाली कांंग्रेसका सांसद विनोद चौधरी श्रीलङ्कातर्फ लागेका छन् । आज दिउँसो २ बजे श्रीलंकाको ध्वजावाहक वायुसेवा श्रीलंकन एयरलायन्सको जहाजबाट चौधरी श्रीलङ्का गएका हुन् ।

आज बिहान मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बाँसबारी छालाजुत्ता कारखाना प्रकरणमा अर्बपति व्यापारी एवम् नेपाली कांग्रेसका उनको बयान लिएको थियो ।

सीआईबीसँग बयान दिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएको बताएका थिए। बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा रहेको १० रोपनी जग्गा हडपिएको प्रकरणमा उनीमाथि सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement