काठमाण्डु – बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुणकुमार चौधरी र अजितनारायण थापालाई स्वास्थ्यको कारण देखाउँदै अस्पताल भर्ना गरिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरूलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपनि प्रहरीले उनिहलाई बसुन्धरास्थित चिरायु अस्पतालमा लगेको हो ।
मुटुमा समस्या देखिएको भन्दै उनिहलाई अस्पताल भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रभावशाली व्यापारी चौधरीले हिरासतमा बस्न अस्वीकार गरेपछि उनलाई सेटिङमै अस्पताल भर्ना गरिएको बताइन्छ ।
बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन कार्यकारी प्रमुख थापा र व्यापारी चौधरीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले सरकारको नामको १० रोपनी जग्गा किर्ते गरेर निजीकरण गरेको आरोपमा अनुसन्धान गरिरहेको छ ।
सरकारको नाममा रहेको उक्त जग्गाको २ हजार कित्ता विवादास्पद अर्बपति व्यापारी विनोद चौधरीको समेत नाममा रहेको बताइन्छ । अहिले उक्त जग्गामा चांदबाग स्कुल संचालनमा छ ।
उक्त स्कूल विनोद र उनका छोरा निर्माण चौधरीको खटनपटनमा चल्दै आएको छ । नेपाली कांग्रेसका सांसद समेत रहेका चौधरीको स्वामित्वमा रहेको कम्पनीले भारतमा समेत कर छलि गरेको भन्दै राजस्वले छापा हानेको थियो ।
सीआईबीले चौधरीको भुमिकामाथि समेत अनुसन्धान गरिरहेको छ । चौधरीले यसबारेमा सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।




प्रतिक्रिया