मधेशी कोटाबाट विनोद चौधरी निर्वाचित, अन्य को-को भए ?

मधेशी कोटाबाट विनोद चौधरी निर्वाचित, अन्य को-को भए ?


काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मधेसीतर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।मधेसी कोटाबाट अजय चौरसिया सर्वाधिक मत २५२२ ल्याएर पहिलो बनेका छन् ।

उद्योगी विनोद चौधरी २२०६ मत पाएर दोस्रो बनेका छन् भने चन्द्रमोहन यादव तेस्रो बनेका छन् । त्यस्तै केन्द्रीय सदस्यमा महेन्द्रकुमार राय र दिनेशकुमार यादव निर्वाचित भएका हुन् । मधेशी कोटाबाट पाँच जना केन्द्रीय सदस्य बनेका हुन् ।

कसको कति मत ?

१. अजय चौरसिया– २५२२

२. विनोद चौधरी– २२०६

३. चन्द्रमोहन यादव–२१३८

४. महेन्द्रकुमार राय–१९८४

५. दिनेशकुमार यादव–१९५९