काठमाण्डु- विनोद चौधरीले नवलपरासीको मुहार फेर्नु नै आफ्नो दायित्व भएको बताएका छन् । नवलपरासी सुस्ता बर्दघाट पश्चिम १ का कांग्रेस उम्मेदवार चौधरीले नवलपरासीको मुहार मंसिर ४ गते फेरिने बताएका हुन् ।
बर्दघाट १६ को सूर्य नगरस्थित क्षेत्री समाजको भवनमा आयोजित उम्मेदवार भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा चौधरीले जिल्लाको मुहार फेर्नका लागि नै आफू चुनावी मैदानमा होमिएको दावी गरे ।
‘परिवर्तनको लागि मेरो प्रयत्न । समस्या त सबैले देख्छन् , औंला ठडाउन पनि सजिलो छ , खोट लगाउन पनि सजिलो छ । तर अब हरेक क्षेत्रका समस्याको हरसम्भव समाधान खोजेर नवलपरासीको मुहार फेर्ने दायित्व मेरो हो ।’, उनले भने ।




प्रतिक्रिया