काठमाडौं – चौधरी ग्रुपअन्तर्गतको चौधरी फाउन्डेसनले आज सातै प्रदेशका ३३ केन्द्रमा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) वितरण गरिसक्ने भएको छ ।
चौधरी ग्रुपका प्रमुख विनोद चौधरीले शुक्रबार ट्विट गर्दै आज बेलुकीसम्म व्यक्तिगत सुरक्षा उपकरण वितरण गर्ने योजना रहेको जानकारी दिएका हुन् ।
चौधरीले भनेका छन्, ‘सम्भवतः आज बेलुकीसम्ममा यी सबै केन्द्रमा पूरा भइसक्नेछ ।’
३३ केन्द्रबाहेक अझै पनि विभिनन क्षेत्रले सुरक्षा उपकरण मागेको उनले ट्विटरमार्फत बताएका छन् । परीक्षण र उपचारमा संलग्न स्वास्थ्यकर्मीको सुरक्षामा अत्यन्त संवेदनशील रहेको भन्दै उनले सामग्री पुर्याइएको केन्द्रका स्वास्थ्यकर्मीमा आत्मसुरक्षाको अनुभूति पाएको बताए ।
उनले सबै स्वास्थ्य केन्द्रलाई सुरक्षा उपकरण आवश्यक रहेकाले सबैबाट सहयोगको अपेक्षा गरेको बताए । पीपीई सकिएसँगै ग्रुपले दोस्रो चरणमा परीक्षण किट, एन ९५ मास्कलगायत अन्य अत्यावश्यक सामग्री वितरण गर्ने उनले बताएका छन् ।
ती सामान आपूर्तिका लागि चीनका विभिन्न सहरमा तयार पारेर राखेको र नेपाल भित्र्याउने माध्यम खोजिरहेको उनले बताएका छन् । उनले भनेका छन्, ‘कसैले यो कार्यमा सहयोग पुर्याउन सक्नुहुन्छ भने हामी आभारी हुनेछौँ ।’
चौधरीले ती सामान विदेशी वा नेपाली विमानमा ढुवानी गर्न सम्भव रहेको उनले बताएका छन् ।
पहिलो चरणको काम सफलतापूर्वक सकेपछि अबको हाम्रो ध्यान परीक्षण किट, N95 मास्कलगायत अन्य अत्यावश्यक सामग्रीमा केन्द्रित छ । यी सामान आपूर्तिका लागि चीनका विभिन्न शहरमा तयार पारेर राखेका छौं र नेपाल भित्र्याउन उपयुक्त माध्यम खोज्न संघर्षरत छौं ।
— Binod Chaudhary (@BinodKChaudhary) March 27, 2020




प्रतिक्रिया